सिके राउत र प्रधानमन्त्रीबीच भेटवार्ता

मंसिर १५, २०७९ | काठमाडौं

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सिके राउत बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा सरकारमा सहभागी हुने विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन र लोकतान्त्रिक शक्तिहरुको सरकार बनाउन आग्रह गर्नु भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । जवाफमा प्रतिक्रिया दिँदै जनमतका अध्यक्ष राउतले कांग्रेस नेतृत्वको लोकतान्त्रिक सरकारमा सामेल हुन सकारात्मक रहेको उल्लेख गर्नुभएको नेता निधिले बताउनुभयो ।  


प्रतिक्रिया