बाजुरामा कांग्रेसका पाण्डे विजयी

मंसिर १८, २०७९

बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी हुनुभएको छ । एमाले उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गर्दै पाण्डे निर्वाचित हुनुभएको हो ।

पाण्डेले ३१ हजार ७८६ मत पाएका छन् भने थापाले २६ हजार ३४९ मत ल्याएका छन् । यससँगै बाजुरामा संघ र प्रदेश गरी तीन वटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको बाजुराको चुनावी नतिजामा कांग्रेस उम्मेदवार पाण्डेले सहज जित हासिल गर्नुभएको हो ।

एमालेमा केपी ओली निकट मानिएका स्थायी कमिटी सदस्यसमेत रहेका थापा यसअघि पनि पटक पटक चुनाव लड्दै आएका नेता हुनुहुन्छ । 


प्रतिक्रिया