काठमाडौं महनगरका अधा नगर प्रहरी अयोग्य

मंसिर २०, २०७९ | काठमाडौं

काठमाडौं महानगरपालिकाले आउटसोर्सिङमार्फत भर्ना लिएका नगर प्रहरी जवान मध्ये आधा अयोग्य रहेको पाइएको छ । 

महानगरले युनिक सेक्युरिटिजसँग एक वर्षका लागि १ सय ६२ जना नगर प्रहरी जवान उपलब्ध गराउने समझदारी गरेको थियो । ४० वर्ष ननाघेका भूतपूर्व आर्मी, नेपाल प्रहरीरसशस्त्रका पूर्व कर्मचारीलाई मात्रै भर्ना गराउने सम्झौता विपरीत योग्यता नै नपुगेका मानिसहरुलाई सो कम्पनीले नगर प्रहरीका लागि पठाएको हो । 

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले १ सय ६२ जना व्यक्तिमध्ये ८१ जना मात्रै योग्य रहेकाले बाँकी सबैलाई फिर्ता पठाइएको बताउनुभयो । खरिद महाशाखाका प्रमुख ध्रुव काफ्लेका अनुसार एक जना नगर प्रहरी उपलब्ध गराएबापत् सो कम्पनीले प्रतिमहिना २० हजार ५ सय २३ रुपैयाँ पाउने सम्झौतामा उल्लेख छ ।

 युनिक सेक्युरिटिजले २ सय जनालाई फाराम भर्न लगाएर योग्यता र उमेरको हदबन्दी नहेरी नगर प्रहरीमा पठाएको पाइएको महानगरले जनाएको छ । कम्पनीले बदमासी गरि महानगर प्रहरीमा पठाएको भन्दै कारबाही गर्ने भएको स्रोतले बतायो । 


प्रतिक्रिया