मिरगञ्ज पुल पुन : सञ्चालनमा

रेडियो कान्तिपुर संवाददाता

मंसिर २१, २०७९

विराटनगरको रानी भन्सारबाट करिब चार किलोमिटर दक्षिण भारतको मिरगञ्जमा रहेको मिरगञ्ज पुल पुन सञ्चालनमा आएको छ । मोरङ व्यापार संघ र सुनसरी मोरङ औधोगिक क्षेत्रका उद्योगी व्यवसायीको पहलमा हिजोदेखि सञ्चालनमा आएको हाम्रा सहकर्मीले जनाएका छन् । सो पुलबाट हिजो साँझ कम्तीमा ६० टन भारवन क्षमताका लोड गाडी जोगवनी नाका सम्म पुगेको बताइएको छ । 

भारतले सो पुल गित एक वर्षदेखि बन्द गर्दा सुनसरी मोरङ औधोगिक क्षेत्रका उद्योगी व्यवसायीले सुनसरीको भाण्टावारी नाकावाट औधोगिक कच्चा पदार्थ आयात र तयारी वस्तु निकासी गर्दै आएका थिए । भारत र वेलायत युद्धकालमा निर्मित सो पुल क्षतिग्रस्त भएको भन्दै भारतले गत पुसदेखि जोगवनी नाकावाट वालवहाक गाडी आउजाउमा रोक लगाएको थियो ।


प्रतिक्रिया