पश्चिम सेती र पञ्चेशवर चाँडै आउँछ : प्रधानमन्त्री देउवा

मंसिर २२, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वर आयोजना चाँडै सुुरु हुने बताउनु भएको छ । धनगढीमा आयोजित सुदुरपश्चिम महोत्सवको उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले पश्चिम सेती बनाउन भारतीय कम्पनीले लाइसेन्स लिइसकेको र चाँडै काम सुुरु हुने बताउनुभयो । उहाँले पञ्चेश्वर पनि चाँँडै आउने बताउनुभयो । लुुम्बिनी भ्रमणमा आएका बेला र आफु भारत भ्रमणमा गएका बेला भारतीय प्रधानमन्त्रीले पञ्चेश्वरको विकासमा चासो राखेको उहाँको भनाई थियो । उहाँले गौरिफन्टा सीमा नाका ब्यवस्थापन तथा स्तरोन्नतीका लागि भारत सरकारसँग कुरा गरेको समेत बताउनुभयो । 

प्रधानमन्त्री देउवाले महोत्सवले सुदुरपश्चिमको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा टेवा पुुग्ने उल्लेख गर्नुभयो । महोत्सले स्थानीय उत्पादनको ब्यावसायीकरण गर्न प्रचारप्रसार हुने उहाँको भनाई थियो । खप्तड र रामारोशन जस्ता पर्यटकीय क्षेत्रको विकास गरेर सुदूरपश्चिमको पर्यटन क्षेत्रलाई बढाउन सकिने सम्भावना रहेको पनि प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो । ‘स्पष्ट कार्ययोजना बनाए सरकारले सहयोग गर्ने बताउनुभयो । 


प्रतिक्रिया