प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक बस्दै

पुस १७, २०७९

प्रदेश १ सभाको पहिलो बैठक आज बस्दै छ । पहिलो प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य काँग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नुहुनेछ । प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने, प्रदेशसभा नियमावली २०७४ पहिलो संशोधनसमेतलाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुने उल्लेख छ । प्रदेश प्रमुखबाट जारी प्रदेश सरकारको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०७९ सभामा सम्बन्धित मन्त्रीले टेबल गर्ने कार्यसूची तय गरिएको पराजुलीले जानकारी दिनुभएको छ । ।

केन्द्रीय सत्तासमीकरण अनुसार प्रदेश १ मा एमाले, माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको सरकार बन्ने देखिएको छ । काँग्रेस र एकीकृत समाजवादी प्रतिपक्षमा बस्ने देखिएको हो । 


प्रतिक्रिया