प्रदेश १ सभा : एमालेले सरकार गठनका लागि दाबी पेश गर्ने

पुस २४, २०७९ | काठमाडौं

प्रदेश १ सभाका सबभन्दा ठूलो दल एमालेले आज सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरेको छ । एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठनका लागि दावी पेस गर्ने तयारी गरेको हो । एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले माओवादी केन्द्र राप्रपा र जनता समाजवादीको समर्थनमा एमाले नेतृत्वमा दावी पेस गर्ने बताउनुभयो ।

सरकार गठनका लागि ४७ प्रदेश सांसद आवश्यक छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरि ६० प्रदेश सांसदको समर्थनमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख पर्शुराम खापुङ्ग समक्ष दावी पेस गर्ने भण्डारीले बताउनुभयो । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख खापुङले गत आइतबार दिएको समय आज साँझ ५ बजे सकिँदैछ । 


प्रतिक्रिया