प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री कार्कीले सपथ लिँदै

पुस २५, २०७९ | विराटनगर
प्रदेश १का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सपथ ग्रहण गर्दै हुनुहुन्छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्गले दिउँसो २ बजे नवनियुक्त मुख्यमन्त्री कार्कीलाई सपथ ग्रहण गराउने तयारी गर्नुभएको हो ।
कार्कीसँगै अन्य ४ जना मन्त्रीलाई समेत सपथ ग्रहण गराउने तयारी गरिएको छ । मन्त्रीमा एमालेबाट तीलकुमार मेन्याङ्बो, माओवादी केन्द्रबाट दुर्गाप्रसाद चापागाई, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जनता समाजवादीका निर्मला लिम्बुले सपथ लिने भएका हुन् ।