सभामुखको भूमिका सन्तुलित राख्न कांग्रेसको ध्यानाकर्षण

माघ १०, २०७९ | काठमाडौं

 संघीय संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुखको भूमिका सन्तुलित राख्न ध्यानाकर्षण गराएको छ ।

सदनमा दलहरुको उपस्थितीलाई प्रभावकारी बनाउन सभामुखको भूमिका थप महत्वपुर्ण हुने भन्दै कांग्रेसले सभामुखको ध्यानाकर्षण गराएको हो ।

कांग्रेस सांसद रामचन्द्र पौडेलले कहिलेकाहीँ सत्ता पक्ष र प्रतिपक्षीका बीच सन्तुलन कायम राख्नुपर्ने अवस्था आउने भन्दै सभामुखको भूमिका महत्वपुर्ण हुने बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै पुर्वसभामुख समेत रहेका पौडेलले विधिको शासनलाई स्थापित गर्नका लागि सभामुखले दृढ भएर निर्णय लिन सक्नुपर्ने बताउनुभयो ।

उहाँले मुलुकको राजनीति चुनौतीपूर्ण परिस्थितिबाट अघि बढिरहेकाले यसबाट बाहिर निकाल्नका लागि पनि राष्ट्रिय सहमति आवश्यक हुने बताउनुभयो ।

पौडेलले सत्तापक्ष र प्रतिपक्षीबीच सदनमा देखिने दुरीलाई सभामुखले मेटाउन सक्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले अहिले मुलुकको कमसल अर्थतन्त्र, भूराजनीतिक दबाब र शान्ति प्रक्रियाका कामको पूर्णताका लागि राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै त्यसलाई स्वार्थकारुपमा नहेर्न आग्रह गर्नुभयो । 


प्रतिक्रिया