बाजुरा भूकम्पः एक जनाको मृत्यु

माघ १०, २०७९ | धनगढी

बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर आज दिउँसो गएको भुकम्पमा परि एक जनाको मृत्यु भएको छ ।

बाजुराको गौमुल गाउँपालिका २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।

घाँस काटीरहेको बेला भुकम्पका कारण माथिबाट खसेको ढुंगाले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो २ बजेर ४३ मिनेटको समयमा केन्द्रबिन्दु भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट भएको अन्य क्षतिको यकिन विवरण आएको छैन ।

सो भूकम्पबाट बाजुरा, बझाङ लगायत जिल्लामा कतिपय भौतिक संरचना भत्किएका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

सुदूरपश्चिमका अधिकांश जिल्लासँगै छिमेकी भारतका कतिपय स्थानमा पनि भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ । 


प्रतिक्रिया