कर्णालीमा मन्त्रालयको भागवण्डाको विषय टुङ्गियो

माघ ११, २०७९

कर्णाली प्रदेशमा एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डाको विषय टुङ्गिएको छ । आज बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिने सहमति भएको छ । 

यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको बैठकमा सहभागी माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताउनुभयो । इन्चार्ज मल्लका अनुसार आज बेलुकासम्म मन्त्रिमण्डलले पूर्णता पाउने छ । 


प्रतिक्रिया