हिउँदे वर्षा नहुँदा वायु प्रदूषण बढ्यो

माघ १४, २०७९

हिउँदे वर्षा समयमा नहुँदा मुलुकका विभिन्न क्षेत्रमा वायु गुणस्तरमा सुधार आउन सकेको छैन । भक्तपुर क्षेत्रको वायुको गुणस्तर निकै खराब मापन गरिएको छ । सो क्षेत्रमा वायुको गुणस्तर १ सय ७० एक्यूआइ मापन गरिएको वायु गुणस्तर केन्द्रको तथ्याङकमा उल्लेख छ । यस्तै पाटन, धनकुटा, काठमाडौं लगायत क्षत्रको वायु गुणस्तर १ सय ५० एक्यूआइ भन्दा बढी मापन गरिएको छ । ५० एक्यूआइसम्मलाई सामान्य मानिएपनि वायुको गुणस्तर सामान्यभन्दा बढी मापन गरिएको हो ।

मुलुकभर पश्चिमी वायुको सामान्य प्रभाव रहँदा विहान बेलुकाको मौसम सामान्यतया चिसो रहने गरे पनि दिउँसोको तापक्रम भने वृद्धि हुँदै गएको छ । आज पनि काठमाडौं उपत्याकाको अधिकतम तापक्रम २२ डिग्रि सेल्सियसभन्दा बढी पुग्ने अनुमान छ । 


प्रतिक्रिया