टाइगर कप : महिला र पुरुष दुवैको फाइनल खेल आज

माघ १४, २०७९

पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा महिला र पुरुष दुवै तर्फको फाइनल खेल आज हुँदैछ । विहान ११ बजे सुरु हुने महिला तर्फको फाइनलमा एपीएफ र त्रिभुवन आर्मी क्लबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । एपीएफले सेमिफाइनलमा गण्डकी प्रदेशलाई हराएको हो भने आर्मीले न्युडायमण्ड युथस्र्पाेट्स क्लबलाई पराजित गर्दै उपाधी यात्रा तय गरेको हो ।

पुरुष तर्फको उपाधीका लागि एपीएफ क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालामा दिउंसो साढे १ बजे पछि सुरु हुनेछ । त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो भने पुलिस क्लबलाई हराउंदै एपीएफ पनि उपाधी नजिक पुगेको हो ।  


प्रतिक्रिया