निवर्तमान गृहमन्त्री लामिछानेको नेपाली नागरिकता पुन: कायम

माघ १५, २०७९

निवर्तमान गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता लिनुभएको छ । नागरिकता प्राप्तिका लागि प्रक्रिया पुरा गरेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामिछानेको नागरिकता पुन: कायम गरेको हो । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले नागरिकता ऐनको दफा ११ र नागरिकता नियमावलीको नियम ११ बमोजिम लामिछानेलाई नागरिकता प्रदान गरिएको बताउनुभयो ।

लामिछानेले २०५० सालमै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको थियो । काठमाडौं प्रशासनले पुन: प्राप्तिको प्रक्रिया पूरा गरी पुरानै विवरण र जारी मिति रहेको नागरिकता लामिछानेलाई दिएको हो । लामिछानेले अमेरिकाबाट फर्किएपछि नागरिकता पुन: प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला सर्वोच्च अदालतले गत शुक्रबार गरेको थियो । सो फैसलापछि लामिछानेको गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमेको थियो । 


प्रतिक्रिया