गार्मेन्टमा आगलागी हुँदा ८० लाख बढीको क्षति

वैशाख २०, २०८० | पश्चिम नवलपरासी

पश्चिम नवलपरासीको सुनवलमा रहेको एक गार्मेन्ट उद्योगमा आगलागी हुँदा ८० लाख बढीको क्षतिभएको छ । सुनवल नगरपालिका ५ हर्दियामा बसन्त क्षेत्रीले संचालन गरेको बुद्ध गार्मेन्टमा आगलागी हुँदा तयारी तथा कच्चा कपडा र उपकरणमा नष्ट भएको ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक विष्णु पौडेलले बताउनुभयो ।

आगलागीको कारण पत्ता नलागेपनि बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ । बर्दघाट नगरपालिका र रामग्रामको दमकल, प्रहरी र स्थानीय बासीन्दाको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । गार्मेन्टसंगै रहेको दुई वटा घरमा समेत क्षति पुगेको छ । 


प्रतिक्रिया