मुगु हिमपहिरोमा परि बेपत्ता भएकाको खोजी कार्य जारी

वैशाख २५, २०८० | मुगु

मुगुको च्यार्खु लेकमा हिमपहिरोमा परि १ जनाको मृत्यु भएको छ । अन्य २ जना बेपत्ता भएका छन् । हिमपहिरोमा पुन्न सार्कीको मृत्यु भएको हो । त्यस्तै, वीरबहादुर बोहोरा र तारासिंह सार्की बेपत्ता भएका हुन । 

उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बेपत्ताहरुको खोजी गर्न बिहान गमगढीबाट हेलिकप्टरमार्फत शसस्त्र र जनपथ प्रहरीको २० जनाको टोली घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालयकाका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक सुर्दशन पन्थीले जानकारी दिनुभयो । पैदल मार्गबाट सुरक्षाकर्मीलाई घटनासम्म पुग्न करिव ६ दिन लाग्ने भएकोले गृहमन्त्रालयको पहलमा सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताउनुभयो ।

 घटनास्थल च्यार्खुलेक समुद्री सतह देखि करिव ४५ सय देखि ५ हजार फिट उचाइमा रहेको र सो ठाउँमा करिव ५ फिट भन्दा बढी हिउा भएकोले उद्धार गर्न कठिनाई भइरहेको प्रमुख जिल्ला अधिकारी थापाको भनाइ छ । जुम्ला पातारासी गाउापालिका ं २ तल्फि गाउाका १५ जना स्थानीय पाटन क्षेत्रमा यार्सा टिप्न जाादा गत शुक्रबार हिमपहिरोमा परेका थिए । हिम पहिरोमा परेका मध्ये १२ जना प्रहरीको सम्पर्कमा आएका छन् । 


प्रतिक्रिया