राजवंशी कोटामा जापान लैजाने भन्दै ठगी गर्ने गिरोह नाइके पक्राउ

जेष्ठ ७, २०८० | विराटनगर

राजवंशी कोटामा वैदेशिक रोजगारीका लागि जापान लैजाने भन्दै ठगी गर्ने गिरोहका नाइकेलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । रोजगारीका लागि जापान लैजाने भन्दै रकम असुली गरेर ठगी गरेको आरोपमा मोरङको सुनवर्षी नगरपालिका–६ का ३५ वर्षिय अजय कुमार राजवंशी पक्राउ परेका हुन् ।

 उनले एक वर्षअघि जापानमा बसेर नाता पर्ने सुरेन्द्र राजवंशी लगायत ३६ जनालाई फोन गरेर जापान लैजाने भन्दै २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । अजयले मोरङ र झापाका भित्री इलाकामा वसोवास गर्ने ३६ जना राजवंशी परिवारलाई कोटामा रोजगारीका लागि जापान लैजाने भन्दै आफन्त मार्फत रकम असुली गरेको पाइएको प्रहरीले जनाएको छ । 

अजय सहित ६ जना विरुद्ध ३६ जनाले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार गिरोहका रन्जित कुमार राजवंशी, प्रमोद कुमार राजवंशी, विद्या कुमारी राजवंशी र अनुराधा राजवंशी फरार छन् ।   


प्रतिक्रिया