भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको अदालती बयान सुरु

जेष्ठ १२, २०८० | काठमाडौं

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामाथि अदालती प्रक्रिया आज सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले पेश गरेको मुद्धामा आजदेखि बयान शुरु भएको हो ।

३० प्रतिवादी मध्ये पक्राउ परेका १६ जनाको बयान आज शुरु भएको हो । १६ जना मध्ये २ नम्बर र ३ नम्बरका आरोपीले आज बयान दिएका छन् । बयानपछि थुनछेकका लागि सरकारी वकिल र प्रतिवादीका वकिलले बहस गर्नेछन् । त्यसपछि प्रतिवादीलाई थुनामा राखेर मुद्दाको सुनुवाई अघि बढाउने वा छाड्ने भन्ने आदेश अदालतले दिने छ ।

पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहितलाई राज्यविरुद्धको अपराध, ठगी र संगठित अपराध र किर्तेगरी गरी चार कसूरमा अभियोग लगाइएको छ । उनीहरुबाट २८ करोड बराबरको विगो माग गरिएको छ ।

प्रहरीले बुझाएको प्रतिवदेन अध्ययन गरी सरकारी वकिलको कार्यालयले गत बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर गरिएकामा पूर्वमन्त्री रायमाझी, कांग्रेस नेता खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, सानु भण्डारी, आङटावा शेर्पा, शमशेर मिँया, सन्दिप रायमाझी, सन्देश शर्मा, सागर राई, टंकबहादुर गुरुङ, रामशरण केशी, नरेन्द्र केसी र गोविन्द चौधरी छन ।

त्यस्तै फरार हुनेमा केशव तुलाधर, लक्ष्मी महर्जन, हरिभक्त महर्जन, अशोक पोखरेल, धिरेन राई, दिपाञ्जली हुमागाइ, निरज राई, राजेश अर्याल, मोहनराज राई छन् । यसैगरी आशीष बुढाथोकि, बिनिता सामदेव लिम्बु, निरन्जर कुमार खरेल, सुनिल बुढाथोकी, प्रतिक थापा छन् । 


प्रतिक्रिया