चौधरी सहित ५ सय १ जनालाई राष्ट्रपतिद्धारा कैद माफी

जेष्ठ १४, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी दिनुभएको छ । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिस अनुसार चौधरी लगायतको कैद माफी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । 

गणतन्त्र दिवसको अवसरमा आज राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गर्नुभएको हो । 


प्रतिक्रिया