आगामी आर्थिक वर्षको बजेट पेश हुँदै

जेष्ठ १५, २०८० | काठमाडौं

सरकारले आज आगामी आर्थिक बर्षका लागि बजेट ल्याउँदैछ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले १७ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्नुहुनेछ । मुलुकको अर्थतन्त्रलाई मध्यनजर गरी साधारण खर्च घटाउँदै लगानी वृद्धिको लक्ष्यसहित बजेट आउन सक्ने अर्थमन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

बजेटमा पूँजीगत खर्चमा झिनो वृद्धि, अनावश्यक मानिएका सरकारी संरचनाको खारेजी र मर्जर तथा प्रत्यक्ष वैदेशिक लगानीको सीमा हटाउने, विभिन्न दर्ता शुल्कमा छुट दिने जस्ता नीतिलाई प्राथमिकता दिइने भएको छ । सरकारले बजेटमार्फत् आर्थिक वृद्धि ६ प्रतिशत हुने लक्ष्य निर्धारण गर्ने सम्भावना छ ।

राष्ट्रिय योजना आयोगले आगामी बर्षका लागि १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट सिलिङ तोकेको छ । बजेट प्रस्तुत गर्न संघीय संसदको संयुक्त बैठक अपरान्ह सवा ४ बजे बस्ने संसद सचिवालयले जनाएको छ । 


प्रतिक्रिया