संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने कसरत भइरहेको छ : प्रधानमन्त्री दाहाल

जेष्ठ १५, २०८० | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने कसरत भइरहेको आरोप लगाउनु भएको छ । गणतन्त्र दिवसका अवसरमा काठमाण्डौंको टुँडीखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने काम भइरहेको उल्लेख गर्नुभयो ।

आम जनताको जीवनमा गुणस्तर नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य नहुने बताउनु भएको छ । प्रधानमन्त्री दाहालले जनताको जीवन स्तरमा सुधार ल्याउने परिवर्तन नभएसम्म यसको कुनै औचित्य नहुने बताउनुभएको हो । 


प्रतिक्रिया