जिप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका मन्त्री सिंहको मृत्यु

असार ५, २०८० | बझाङ

बझाङमा आज अपरान्ह भएको सवारी दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वी बहादुर सिंहसहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । मन्त्री सिंहको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । 

अन्य दुई जनाको भने स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मन्त्रीका पिएसओ सहायक प्रहरी हवल्दार दिपक भण्डारी र गाडी चालक धर्मराज जोशीको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । उनीहरुको अवस्थासमेत गम्भिर रहेको अस्पतालले जनाएको छ । सुदूरपश्चिम सरकारका मन्त्री सिंहसहित ५ जना सवार जीप डडेलधुराबाट चैनपुर आउने क्रममा अपरान्ह दुई बजेतिर केदारस्युँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना भएको थियो । गाडी सडकबाट अन्दाजी ५० मिटर तल खोला किनारमा खसेको थियो । 


प्रतिक्रिया