प्रधानमन्त्री दाहाल चीनको हाङचउमा

आश्विन ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको हाङचउ पुग्नु भएको छ । न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल आज बिहान हाङचउ पुग्नु भएको हो । प्रधानमन्त्री दाहाल १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन चीनको उत्तर दक्षिणी सहर हाङचउ पुग्नु भएको हो । हाङचउमा प्रधानमन्त्री दाहाललाई चिनियाा ओलम्पिक कमिटीका अध्यक्ष काओ झिदान र नेपालका लागि चिनियां राजदूत छन सोङलगायतले स्वागत गर्नु भएको थियो । 

न्युयोर्कको ५ दिने भ्रमण सकेर प्रधानमन्त्री दाहाल ८ दिने चीन भ्रमणमा निस्कनु भएको हो । चीनको हाङचउमा हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएपछि प्रधानमन्त्री दाहाल द्विपक्षीय भेटवार्तामा सहभागी हुनुहुने उहांको सचिवालयले जनाएको छ । न्युयोर्कबाट दाहालको सचिवालयसहित परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र अन्य परराष्ट्र मन्त्रालयका अधिकारी चीन पुगेका छन् । प्रधानमन्त्री दाहालले आजै चिनियाा राष्ट्रपति सी चिनफिङसाग हाङचउमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल हाङचउबाट भोलि बेइजिङ जाने तालिका छ । त्यहां सोमबार चिनियां समकक्षी ली छियाङसाग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । 


प्रतिक्रिया