पाल्पामा जिप दुर्घटना हुंदा ६ जनाको मृत्यु

कार्तिक ५, २०८०

पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जांदै गरेको जिप बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि भएको र जिपका चालक घाइते भएको जनाएको छ । जिप कहांका लागि छुटेको भन्ने अझै एकीन भइसकेको छैन । 

दुर्घटनास्थल खोंच रहेको र उद्दारमा कठिनाई भएकाले थप विवरण आउन बांकी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी हेरम्ब शर्माले जानकारी दिनुभयो । बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छांगो रहेको र उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । दुई सय मिटर तल्लो भागबाट खोला भएर उद्दारका लागि पुग्नुपर्ने भएकाले कठिनाई भएको प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो ।


प्रतिक्रिया