डोटीमा जीप दुुर्घटना, चारको मृत्यु, पाँचजना घाइते

कार्तिक १९, २०८० | धनगढी

धनगढीबाट बाजुरातर्फ जांदै गरेको जीप डोटीमा दुुर्घटना भएको छ । दुर्घटनामा परि चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । ग २ च २७७६ नम्बरको बोलेरो जीप दर्घटना हुंदा बाजुराको हिमालीगाउँपालिका ५ का २२ वर्षीया राधिकामलाल, ३२ वर्षीया धनशोभा बुढा र उनकी ६ वर्षीय छोरा कबिन्द्र बुढा, र ८ महिनाकी प्रार्थना मलालको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । 

मृतक प्रार्थनाकी आमा बिमलाको टाउको चोट लागेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ । सोही ठाउँका प्रकाश बुढा, खोमबहादुर मलाल, दानबहादुर बुढा, बिमला मलाल, राजबहादुर मलाल घाइते भएका छन् । उनीहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक बाजुरा गौमूल गाउंपालिका ४ का महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जीप डोटीको शिखर नगरपालिका अण्यौल भन्ने ठाउँमा दुर्घटना भएर सडकबाट ५० मीटर तल खसेको प्रदेश प्रहरीले जनाएको छ । 


प्रतिक्रिया