माइतीघरदेखि नयाँ बानेश्वर खण्डमा ३० गतेसम्म जुलुस, प्रदर्शन गर्न प्रशासनको रोक

मंसिर ४, २०८० | काठमाडौं

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मंसिर ३० गतेसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

 जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ती जारी गर्दै आजदेखि लागू हुने गरि ३० गतेसम्मकालागि सोे क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले हस्ताक्षर गरेको विज्ञप्तीमा पाँच जना बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको उल्लेख छ ।

 जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

एमालेको भ्रातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरिरहेका बेला काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो । यसैबीच माइतीघरमा गर्ने भनिएको प्रदर्शन तीनकुनेमा सारिएको युवा संघले जनाएकाृ छ ।  


प्रतिक्रिया