गणतन्त्रको विकल्प छैनः कांग्रेस सभापति देउवा

मंसिर ११, २०८० | काठमाडौं

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । 

चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले गणतान्त्रिक व्यवस्था नबद्लिने बताउनुभएको हो । गणतन्त्रको विरोध गर्नेहरूको अर्थ नरहेको बताउँदै उहाँले गणतन्त्रविरोधी गतिविधिबाट राजनीतिक दलहरू नअत्तालिएको दाबी गर्नुभयो ।

 वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा सोधिएको प्रश्नको भने देउवाले जवाफ दिनुभएन ।

त्यस्तै, कांग्रेस नेता डा. शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिनुभयो । सरकारको कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा मात्र प्रश्न उठेको उहाँको भनाइ थियो । 


प्रतिक्रिया