रुसी सेनामा आबद्ध तीनजना नेपालीको मृत्यु

मंसिर १२, २०८०

रुसी सेनामा सम्बद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेनसंगको युद्धका क्रममा उनीहरुको ज्यान गएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तानको मृत्यु भएको हो । उनीहरुको कात्तिक २९ गते नै मृत्यु भएको मस्कोस्थित नेपाली दुतावासले पुष्टि गरेको छ । 

रुसी सेनाले नेपालीहरुलाई आफ्नो सहयोगीको रुपमा राखेको बताइन्छ । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपाली मारिएको घटनाबारे रुसी सेनामा विस्तृत सोधखोज भइरहेको जानकारी दिनुभयो । रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपालीहरू पनि संलग्न रहेको सूचना बाहिर आइरहेका बेला तीन नेपाली मारिएको घटना सार्वजनिक भएको हो । रुस–युक्रेन युद्धमा रुसको पक्षबाट लड्न झण्डै २ सय नेपाली रहेको अनुमान गरिएको छ । 


प्रतिक्रिया