नेपालमा पहिलो पटक समलिंगी जोडीको विवाह दर्ता

मंसिर १३, २०८०

नेपालमा पहिलो पटक समलिंगी जोडीको विवाह दर्ता भएको छ । लमजुङ स्थित दोर्दी गाउंपालिका २ अर्चलबोटको कार्यालयले मुलुकमा पहिलो पटक विवाह दर्ता गरेको हो । सर्वोच्च अदालतको अन्तरिम आदेश एवंम राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार वडा कार्यालयले विवाह दर्ता गरेको गाउंपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । 

दोर्दी गाउंपालिका २ सल्लाबोटका माया गुरुङ भनेर चिनिने राम बहादुर गुरुङले नवलपरासीको कावासोती नगरपालिका ८ का सुरेन्द्र पाण्डेसंग सामाजिक परम्पार अनुसार विवाह गरेको अध्यक्ष अधिकारीले बताउनुभयो । समलिंगी विवाह नेपालमा मात्र नभएर सम्भवत दक्षिण एसियामै पहिलो पटक भएको अधिकारीको दावी छ । 

त्यस्तै गाउंपालिकाको समन्वयमा उनीहरुले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा निवेदन दिएपछि वडामै विवाह दर्ताको बाटो खुलेको थियो । विभागले सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएसंगै वडा कार्यालयमै विवाह दर्ता भएको हो । 


प्रतिक्रिया