प्रधानमन्त्री दाहालद्वारा कोप २८ मा सम्बोधन

मंसिर १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन कोपमा सम्बोधन गर्नु भएको छ । संयुक्त अरब इमिरेट्समा जारी कोप २८ मा भाग लिन बिहिबार पुग्नु भएका प्रधानमन्त्री दाहालले आज सम्बोधन गर्नु भएको हो । गर्नुहुने उहांको सचिवालयले जनाएको छ । दाहालले देशको पहिचान, स्वाभिमान, वातावरणीय अवस्था र मानवताको विषयलाई बलियो रुपमा उठाउनु भएको उहांको सचिवालयले जनाएको छ । यसअघि नेपालको अध्यक्षतामा हिजो भएको लिडर्स इभेन्टमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कोप २८ लाई नेपालले अवसरको रुपमा प्रयोग गर्ने बताउनु भएको थियो । प्रधानमन्त्री दाहालले जलवायु परिवर्तन सम्बन्धी विषयमा नेपाल विश्व समुदायको प्राथमिकतामा परेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले उद्घाटन समारोहमा यूएनका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्कटिकामा परेको भन्ने अभिव्यक्ति दिएबाट नेपाल विश्वकै नजरमा परेको प्रष्ट पार्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालको समेत भ्रमण गरेर फर्केका महासचिवले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्कटिकामा परेको उल्लेख गर्नु भएको थियो । दाहालले जलवायु परिवर्तनको विषयलाई आफ्नो नेतृत्वको सरकारले निकै महत्व दिएको बताउनुभयो । उहांले वर्तमान युवा पुस्ता र भावी सन्ततिको जीवनका लागि आफू गम्भीर बनेको उल्लेख गर्नुभयो ।

जलवायु परिवर्तनबाट परेको असरको क्षतिपूर्तिबापत नेपालले विशेष प्राथमिकता पाउनुपर्ने अधिकार राख्छ भन्ने कुरा विस्तारै स्थापित हुने दाहालको भनाई थियो । पेरिस सम्झौता अनुसार यो शताब्दी सम्ममा पृथ्वीको तापक्रमलाई १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि बढ्न नदिने हो ।


प्रतिक्रिया