प्रतिनिधि र प्रदेशसभाका समानुपातिक उम्मेदवार राष्ट्रिय सभामा उम्मेदवार बन्न नपाउने

मंसिर १७, २०८० | काठमाडौ

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ बन्दसूचीमा रहेका व्यक्ति राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । 

निर्वाचन आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा गत आम निर्वाचनमा समानुपातिक उम्मेदवार भई बन्दसूचीमा नाम समावेश रहेका व्यक्तिहरु उम्मेदवार बन्न नपाउने व्यवस्था भएको जनाएको छ । 

आयोगले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ । 


प्रतिक्रिया