प्रधानमन्त्रीद्वारा मधेस प्रदेश सरकारको माग सम्बोधनका लागि थप समय माग

फाइल फोटो 

मंसिर २५, २०८० | जनकपुर

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस प्रदेश सरकारको माग सम्बोधनका लागि थप समय माग गर्नुभएको छ ।

 मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवसहितको टोलीसँग भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले प्रदेश प्रहरी समायोजन लगायतको बिषय सम्वोधन गर्न समय माग्नुभएको हो ।

मधेस सरकारले आफ्ना मागका लागि प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराएको एक महिना पुगेपनि कार्यान्वयन नभएको भन्दै मुख्यमन्त्री यादवसहितको टोलीले प्रधानमन्त्री दाहाललाई भेट गरेको थियो । 

सो क्रममा प्रधानमन्त्री दाहालले प्रदेशको अधिकारका विषयमा सरकार गम्भिर भएको र जतिसक्दो चाँडो माग सम्बोधन गर्ने आश्वासन दिनुभएको थियो । मुख्यमन्त्री यादवले आज सर्वदलीय बैठकमा प्रधानमन्त्रीले समय मागेको बिषयमा छलफल गरिने बताउनुभयो ।

१५ दिनको समय थपेर सरकारको निर्णयको प्रतिक्षा गर्ने विषयमा समेत दलहरुबीच समझादारी रहेको बताउँदै मुख्यमन्त्री यादवले बैठकबाट आवश्यक निर्णय लिने बताउनुभयो । 

प्रदेश प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, सार्वजनिक जग्गाको प्रयोग, गुठि जग्गा, अर्थसम्बन्धि समस्यालगायत विषयमा एक महिनाभित्र सम्बोधन हुने गरि गत कात्र्तिक २३ गते मधेश सरकारले सरकारको ध्यानाकर्षण गराएको थियो ।


प्रतिक्रिया