आरती साहका श्रीमान जनकपुरबाट पक्राउ

पुस ९, २०८० | जनकपुर

सर्वोंच्च अदालतले पूर्पक्षका लागि कारागार चलान गरेका मृतक आरती साहका श्रीमान् मोतीबाबु साह आज जनकपुरबाट पक्राउ परेका छन् ।

सर्वोच्चको आदेशपछि फरार साहलाई जनकपुरको सीता चोकस्थित होटल सगुन प्लाजाबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार अदालतबाट म्याद थपेर उनलाई अहिले धनुषा प्रहरीकै हिरासतमा राखिनेछ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ थापा चोककी २२ वर्षीया आरती साहको गत जेठ ७ गते घरमै रहस्यमय मृत्यु भएको थियो ।

दाइजोको निहुँमा आरतीलाई उनका श्रीमान मोतीबाबु र ससुरा मदनमोहन साहलगायत घरका अन्य सदस्य मिलेर यातना दिई हत्या गरेको आरोप छ । धनुषा जिल्ला अदालतले आरतीको मुद्दामा मोतीबाबु र मदनमोहनलाई पूर्पक्षका लागि कारागार चलान गरेको थियो ।

यद्यपि, उच्च अदालत जनकपुरले भने जिल्ला अदालतको निर्णय उल्ट्याउँदै गत असोज १८ गते उनीहरुलाई कारागार मुक्त गरिदिएको थियो । तर, सर्वोच्चले उच्च अदालतको फैसला उल्टाउंदै कारागार चलान गर्न आदेश मोतीबाबुलाई पक्राउ गरिएको हो । 


प्रतिक्रिया