चीनको सिनजियांग र किर्गिस्तान सिमा क्षेत्रमा शक्तिशाली भुकम्प गयो

माघ ९, २०८० | काठमाडौं

चीनको सिनजियांग र किर्गिस्तानको सिमा क्षेत्रमा ७ दशमलव १ म्याग्नेच्युडको शक्तिशाली भुकम्प गएको छ । स्थानिय समयानुसार विहान २ बजे ९ मिनेटमा भुकम्प गएको हो । भूकम्पमा परि कयौं घाइते हुनुका साथै घरहरु समेत भत्किएको प्रारम्भिक जानकारी प्राप्त भएको रोयटर्सले उल्लेख गरेको छ । पहिलो भुकम्पको धक्का पछि ४० भन्दा बढि परकम्प गएका छन् । भुकम्पका कारण सिनजिंयागका रेलसेवा पनि प्रभावित भएको छ । सो क्षेत्रमा उद्धार कार्य सुरु भैसकेको चिनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । माइनस १० डिग्री तापक्रम रहेको सो क्षेत्रमा राहत सामाग्रि र उद्धार कार्य प्रभावित भएको छ । भूकम्पको धक्का किर्गिस्तानमा पनि महसुस गरिएपनि क्षतिको विवरण सार्वजनिक भएको छैन ।


प्रतिक्रिया