मधेश सरकारबाट जनमत पार्टी बाहिरियो

माघ ९, २०८० | जनकपुर

जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी जनमत पार्टीले आफ्ना दुई मन्त्री फिर्ता बोलाएको छ । त्यस्तै जसपा नेतृत्व सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । जनमत पार्टीका प्रदेश सांसद संजय यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश सरकारबाट बाहिरिएको पत्र बुझाउन लागिएको जानकारी दिनुभयो । 

मधेश प्रदेश सरकारमा जनमत पार्टीबाट शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंह थिए । सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहंदै आएको थियो । सप्तरीको राजविराजमा अस्ति आइतबार कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा र जनमतबीचको टकराव छताछुल्ल भएको थियो । 

विश्वविद्यालयको भवन शिलान्यासका लागि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत प्रदर्शनमा उत्रिएको थियो ।


प्रतिक्रिया