पाल्पामा जीप दुर्घटना हुंदा ८ जनाको मृत्यु

फाल्गुन १, २०८०

पाल्पाको तिनाउ गाउँपालिका ६ मस्यामको चिदिसमा जीप दुर्घटना हुंदा ८ जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । 

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस सिखरडांडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिनुभयो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका दिनेश घिमिरेले बताउनुभयो । 

प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ । 


प्रतिक्रिया