चुनावी गठबन्धनको विषय तत्कालीन परिस्थीतीमा निर्भर हुन्छः काँग्रेस सभापति देउवा

फाल्गुन ७, २०८० | काठमाडौं

ललितपुरको गोदावरीमा नेपाली काँग्रेसको महासमिति बैठक सुरु भएको छ । वैचारिक धारणा तय गर्न नीति अधिवेशनकै रुपमा बोलाइएको महासमिति बैठकलाई निकै महत्वका साथ हेरिएको छ । बैठकको गोदाबरीस्थित सनराइज सम्मेलन केन्द्रमा पार्टी सभापति शेर बहादुर देउवाले उद्घाटन गर्नुभयो ।

पर्सीसम्म चल्ने बैठकमा देश तथा विदेशबाट गरी २ हजार १ सय ४९ प्रतिनिधीले सहभागिता जनाउने सो पार्टीले जनाएको छ । गठवन्धनलाई लिएर पार्टी भित्रै मतभेद भइरहँदा सभापति देउवाले गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

काँग्रेसले १४ औं महाधिवशेन पछि पहिलोपटक महासमिति बैठक सुरु गरेको हो । आज सुरु भएको महासमिति बैठकमा केन्द्रीय कार्यसमितिका १ सय ६५ सदस्य, विदेशस्थित जनसम्पर्क समितिबाट ८९, भ्रातृ एवं शुभेच्छुक संस्थाका ६९, महासमिति सदस्य नरहेका जिल्लाबाट ४६ जिल्ला सभापतिले भाग लिनेछन् ।

यस्तै, भ्रातृ तथा शुभेच्छुक संस्थाका सभापति पनि आमन्त्रित सदस्यका रुपमा बैठकमा सहभागी हुने प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो । नेपाली कांग्रेस भित्र विशेषगरि आगामी चुनावी गठबन्धनको विषय पेचीलो बनिरहेका बेला साभापति देउवाले भने त्यो तत्कालीन परिस्थतीमा निर्भर रहने बताउनुभयो ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक र केन्द्रीय सदस्य श्याम घिमिरेले लेखा समितिको प्रतिवेदन पेश गर्नुहुनेछ ।

यस्तै, भ्रातृ तथा शुभेच्छुक संस्थाका सभापति पनि आमन्त्रित सदस्यका रुपमा बैठकमा सहभागी हुने प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो । नीति परिमार्जन र नेतृत्वको कार्यशैली नै बदल्ने योजनासहित सुरु भएको महासमिति बैठकमा पेश गरिने प्रतिवेदनलाई लिएर भने कांग्रेसका नेताहरुका बीचमा नै विवाद छ ।  


प्रतिक्रिया