एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै

फाल्गुन ८, २०८० | ललितपुर

प्रमुख प्रतिपक्षी नेकपा एमालेको सातौं केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक बिहान ११ बजेपछि सुरु हुनेछ । 

एमाले केन्द्रीय कमिटी बैठक फागुन ८, ९ र १० गते तीन दिनसम्म चल्ने छ । एमालेले केन्द्रीय कमिटी बैठकका लागि सरकारविरुद्ध जनपरिचालन सहित छ वटा एजेण्डा तय गरेको छ । 

बैठकले मुलुकको आर्थिक अवस्था, महँगी, सुशासन लगायत मुद्दामा सदन र सडकबाट आन्दोलनका लागि प्रस्ताव तयार गरेको हो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थिति बारे सम्बोधन गर्नुहुनेछ । 

साथै समग्र पार्टीको सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणा बारे पनि छलफल हुने एमाले पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले बताउनुभयो । जनपरिचालन र जनदबाबका एजेन्डाहरु पनि तय भएको अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै जनपरिचालन र जनदबाब, पार्टी शुद्धीकरण र सुदृढीकरण अवधारणा, समग्र संगठनको समीक्षा, जजनआधारित पार्टी निर्माणमा देखिएका समस्या र समाधान र समसामयिक सहित छ वटा प्रस्तावमा केन्द्रीय समिति बैठकमा छलफल हुनेछ । 

प्रमुख प्रतिपक्षको रुपमा सशक्त भूमिका नखेलको आरोप लगागिरहेका बेला एमाले यो बैठकको मुख्य एजेण्डा जनपरिचालन र संगठन सुदृढीकरणलाई राखेको छ । 

बैशाखपछि बस्न थालेको केन्द्रीय कमिटीले मध्य पहाडी राजमार्ग अभियान, राष्ट्रियसभा सभा निर्वाचन लगायत पनि समीक्षा गर्ने छ ।


प्रतिक्रिया