भजनशिरोमणि भक्तराज आचार्यको निधन

फाल्गुन १४, २०८०

भजनशिरोमणिको उपमा पाएका गायक एवम् संगीतकार भक्तराज आचार्यको ८२ बर्षको उमेरमा निधन भएको छ । ललितपुरको थसिखेलस्थित घरमा बसेका बेला अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको छिमेकीसमेत रहेका संगीतकार हरि लम्सालले पुष्टि गर्नुभयो । 

०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि आचार्यको स्वर र सुर हराएको थियो । उहाँले करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीत गाउनुभएको छ । उहाँले “हजार सपनाहरुको माया”, “हजार आँखा हेर्ने मेरी मायालु” “मुटु जली रहेछ” “जती चोट दिन्छौ देउ मायालु” “जहाँ छन् बुद्धका आँखा” लगायत कालजयी गीतमा स्वर दिनुभएको छ । 


प्रतिक्रिया