गठबन्धन “खरानीको डल्लो” भएको एमाले अध्यक्ष ओलीको टिप्पणी

फाल्गुन १६, २०८० | काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु वर्तमान सत्तागठबन्धन भत्काउने खेलमा नलागेको बताउनुभएको छ । गठबन्धनलाई “खरानीको डल्लो” को संज्ञा दिदै ओलीले आफ्नो दल एमाले मिसन ८४ मा केन्द्रित भएको बताउनुभयो ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले फरक प्रसंगमा ओलीले संसदको पहिलो दल कंग्रेसले सत्ता बाहेक अन्य बिषयलाई ध्यान नदिएको टिप्पणी गर्नुभयो । कंग्रेस फेरिएको र थोत्रो भएको ओलीको भनाइ थियो ।

एमाले अध्यक्ष ओलीले विवादमा परेका मन्त्रीहरुले राजिनामा दिनुको विकल्प नभएको समेत बताउनुभयो । 


प्रतिक्रिया