जम्मेवारी पन्छाउँदा राज्यलाई क्षति भए क्षतिपूर्ति भराउने प्रणाली आवश्यक छः प्रधानमन्त्री दाहाल

फाइल फोटो  

फाल्गुन १७, २०८० | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताउनुभएको छ । 

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्री दाहालले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलूकलाई हुने हानी नोक्सानीको मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्नुपर्ने बताएको प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

 प्रधानमन्त्री दाहालले सबैभन्दा ठूलो चुनौती समयमै निर्णय नगर्ने, निर्णय पन्छाउने र अन्तरनिकाय समन्वयमा आवश्यक पहल नलिने प्रवृत्ति देखिएको बताउनुभएको थियो ।

तोकिएका लक्ष्य हासिल नहुनुका पछाडिका कारण र समस्यालाई पहिचान गरी तत्काल सुधार कार्य अघि बढाउन आग्रह गर्दै उहाँले समग्र प्रशासनिक संयन्त्रको कार्यान्वयन क्षमता बढाई अपेक्षित नतिजा निर्धारित समयमै हासिल गर्नुपर्ने बताउनुभयो । 


प्रतिक्रिया