राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एमालेलाई समर्थन गर्ने सहमति

फाल्गुन २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्मा बनेको नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ । बालुवाटारमा आज बसेको बैठकमा एमाले , माओवादी केन्द्र ,राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच विभिन्न ८ बुंदामा सहमति भएको हो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । यस्तै रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एमालेलाई समर्थन गर्ने सहमति बनेको छ । सरकारमा सहभागी भएका दलहरुबीच आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र नयाँ संयुक्त सरकार गठन प्रक्रियामा अन्य दलसंग संवाद गर्ने सहमति पनि भएको छ । 

यस्तै, संक्रमणकालिन न्यायसम्बन्धी विधेयक , शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससंग सम्बन्धीत अन्य विषयहरु सहमतिका आधारमा अविलम्ब टुंग्याउने निर्णय भएको छ । संघीयता कार्यान्वन सम्बन्धी बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने चार दलबीच सहमति भएको छ । 


प्रतिक्रिया