केन्द्रिय सत्ता गठबनधनको प्रभाव प्रदेश सरकारमा

फाल्गुन २२, २०८०

केन्द्रिय सत्ता गठबन्धनमा परिवर्तन भएसँगै प्रदेश सरकारहरुमा असर पर्न थालेको छ । संघीय सरकारका लागि नयाँ समीकरण बनेको भोलिपल्ट गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नेकपा माओवादीका दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेले सामाजिक विकास मन्त्री सुशीला सिंखडा र भौतिक यातायात मन्त्री रेशमबहादुर जुग्जाली मगरलाई बर्खास्त गर्नुभएको हो । मुख्यमन्त्री पाण्डेले गत वैशाख १५ मा सिंखडा र २९ गते जुग्जालीलाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो । 

उता, कर्णाली प्रदेशमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले राजीनामा दिएका छन् । कांग्रेसले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको छ । प्रदेश मन्त्रीहरूले पत्रकार सम्मेलन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका छन् । कर्णाली सरकारमा कांग्रेसबाट खड्गबहादुर पोखरेल, कृष्णकुमार बीसी र बेदराज सिंह मन्त्री हुनुहुन्थ्यो । १० महिना अघि कांग्रेसबाट मन्त्रीहरू कर्णाली प्रदेश सरकारमा सहभागी भएका थिए ।

केन्द्रका मन्त्रीलाई बर्खास्त गर्नुभएको छ । माओवादीका सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी र राज्य मन्त्री गीता माललाई मुख्यमन्त्री शाहले हटाउनुभएको हो । यसअघि गठबन्धनमा आवद्ध माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीबाट मन्त्री भएका थिए । नागरिक उन्मुक्ति र समाजवादीका मन्त्री भने यथावत छन् । मुख्यमन्त्री शाहले माओवादीका मन्त्रीलाई हटाएपछि रिक्त मन्त्रालय आफू मातहतमा राख्नुभएको छ । 


प्रतिक्रिया