विराट गोल्डकप फुटबलमा आज एनआरटी र ड्रयागन एफसी भिड्दै

चैत्र १८, २०८० | विराटनगर
विराट गोल्डकप फुटबल प्रतियोगितामा आज न्यूरोड टिम एनआरटी र भारतको सिकिम डे«गान एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
विराटनगरको सहिद रंगशालामा हुने खेल साँझ ६ बजेपछि सुरु हुनेछ ।
यसअघि गएराति भएको खेलमा घरेलु टिम सांग्रिला मोरङ फुटबल क्लबले भुटानको रोयल थिम्पु फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगरको सहिद रंगशालामा भएको खेलको पहिलो क्वाटरफाइनलमा सांग्रिलाले थिम्पु एफसीलाई ३–२ गोल अन्तरले हराएको हो ।
सांग्रिलाको जितमा आशिष चापागाँई, सुशील राई र विदेशी खेलाडी स्याङले गोल गरे ।
थिम्पु एफसीका सोरब दोर्जेले दुई गोल फर्काए ।