वाग्मतीमा एमालेबाट चारजना मन्त्रीले लिए सपथ

चैत्र २०, २०८०

वाग्मती प्रदेश सरकारमा एमालेका ४ जना सांसदले मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादव शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ४ जनालाई आजै मन्त्री नियुक्त गर्नु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका अनुसार एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठ मन्त्री नियुक्त भएका हुन् । २०७९ पुस २५ मा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिएको हो भने एक जना पहिलोपटक मन्त्री बनेका हुन् ।

मंगलबार आज हेटौंडामा बसेको एमाले संसदीय दलको बैठकले प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेललाई वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी ऊर्जा तथा सिचाँईं मन्त्रालय र रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकेको थियो ।

एमालेबाट चारजनाले सपथ लिएसँगै प्रदेशमा १२ मन्त्रालयमा एक विभागीयसहित १३ मन्त्री नियुत्त भएका छन् ।

आजै विहानमात्र एकीकृत समाजवादीबाट रमा आले मगरले विना विभागिय मन्त्रीका रुपमा सपथ ग्रहण गर्नु भएको थियो । एमालेबाट चैत १७ मा संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्क्री नियुक्त हुनु भएको थियो । यस्तै चैत १५ मा हाम्रो नेपाली पार्टीबाट संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा शैलेन्द्रमान बज्राचार्य नियुक्त हुनु भएको थियो । 


प्रतिक्रिया