राप्रपाले काठमाडौंमा आज शक्ति प्रदर्शन गर्दै

चैत्र २७, २०८० | काठमाडौं

संवैधानिक राजसंस्था सहितको एजेण्डा सहित राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा आज शक्ति प्रदर्शन गर्दैछ । 

सरकार समक्ष गत फागुन ९ गते ४० बुँदे माग राखेर आन्दोलनमा होमिएको राप्रपाले काठमाडौंमा आज प्रदर्शन गर्न लागेको हो । 

सर्वसाधारणको आवगमनलाई असहज नहुने गरी मुख्य सडकहरुबाट प्रदर्शन सहित भृकुटीमण्डपमा सभा गरिने राप्रपाले जनाएको छ । पार्टीले गर्ने आन्दोलन शान्तिपुर्ण हुने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभयो ।

विरोध र सभा सम्मेलन गर्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्ने गरी काठमाडौंका विभिन्न क्षेत्रलाई निषेधित गरिएको र त्यसलाई आफूहरुले अवज्ञा गर्ने लिङदेनको भनाइ छ । 

प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति, निशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा र स्वास्थ्यको सुनिश्चितता लगायत माग राप्रपाले सरकार समक्ष राखेको छ ।


प्रतिक्रिया