सहकारी ठगीको विषयमा छानविन समिति बनाउन आवश्यक छैनः प्रधानमन्त्री दाहाल

फाइल फोटो  

चैत्र २९, २०८० | काठमाडौं

प्रतिपक्षी नेपाली काँग्रेसले सहकारी ठगीको विषयलाई सत्ता समीकरणमा फेरबदल आएपछि उठाएको प्रधानमन्त्री पुष्पकमल दाहालले आरोप लगाउनुभएको छ ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने समेत संलग्न भएको दावीसहित प्रतिपक्षीले संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरिरहेका बेला प्रधानमन्त्री दाहालले सहकारीको विषयलाई सत्ता समीकरणसँग जोडिएको बताउनुभएको हो ।

सहकारी ठगीमा गृहमन्त्री लामिछाने संलग्न नभएको भन्दै प्रधानमन्त्री दाहालले छानविन समिति बनाउन आवश्यक नभएको बताउनुभयो । राजनीतिक आग्रहका आधारमा सहकारीको बिषय उठेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्यगर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधानहुने समेत बताउनुभयो ।


प्रतिक्रिया