गठबन्धन सरकार आगामी माघसम्म भत्किन्छः गगन थापा

केएफएम डेस्क 

वैशाख ८, २०८१ | काठमाडौं

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका एक जना महामन्त्रीले वर्तमान सत्ता गठबन्धन धेरै समय नटिक्ने बताएका छन् ।

इलाममा आयोजित चुनावी सभालाई सम्वोधन गर्दैैै काँग्रेसका महामन्त्री गगन थापाले गठबन्धन सरकार आगामी माघसम्म भत्किने दावी गर्नुभएको हो ।

अर्को प्रसंगमा महामन्त्री थापाले चुनावमा दलहरुबीच हुने गठबन्धन गलत भएको बताउनुभयो । चुनावी गठबन्धन गर्नु जनमतको अपमान भएको उहाँको भनाइ थियो ।

यसैबीच, इलाम क्षेत्र नम्बर दुईमा यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि दलहरुले प्रचार–प्रसारलाई तीव्रता दिएका छन् ।

नेपाली काँग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका साथै चुनावमा प्रतिस्पर्धा गरेका पहिचानवादी समूहका नेता–कार्यकर्ता चुनावी प्रचारमा व्यस्त छन् । 


प्रतिक्रिया