गृहमन्त्री लामिछानेलाई सहकारीको बचत अपचलनमा उन्मुक्ति दिन हुँदैनः काँग्रेस नेता कोइराला

जेष्ठ १०, २०८१ | काठमाडौं

गृहमन्त्री रवि लामिछानेलाई सहकारीको बचत अपचलनको मुद्दामा उन्मुक्ति दिन नहुने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बताउनुभएको छ ।

विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको दाबी गर्दै उन्मुक्ति दिन नमिल्ने बताउनुभएको हो ।

गृहमन्त्री आँफैसँग २ वटा राहदानी भए पनि प्रधानमन्त्रीले समेत केही गर्न नसकेको आरोप काँग्रेसको छ ।

यस्तै प्रतिनिधिसभाका महासचिवको समेत २ वटा नागरिकता भएपनि त्यसमा सरकारले ध्यान नदिएको नेता कोइरालाले बताउनुभयो । मुलुकमा भएको कानुुन गृहमन्त्रीको हकमा नलाग्ने हो ? भन्दै उहाँले प्रश्न समेत गर्नुभयो ।

सहकारी ठगी प्रकरणलाई लुकाउने र संरक्षण गर्ने काम आफूहरुलाई स्वीकार्य नहुने र प्रहरी प्रशासनलाई निष्पक्ष रुपमा काम गर्ने वातावरण बनाउन उहाँले माग गर्नुभयो । 


प्रतिक्रिया