कान्तिपुरका अध्यक्षलाई सरकारले प्रतिशोध राखेर पक्राउ गर्योः काँग्रेस नेता विमलेन्द्र निधि
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2024/news/bimalendranidhi-1716472621.jpg&w=700&height=600)
जेष्ठ १०, २०८१ | काठमाडौं
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको बताउनुभएको छ ।
जनकपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले सिरोहियालाई सरकारले पक्राउ गरेर अनावश्यक दुःख दिएको बताउनुभएको हो ।
अर्को प्रसंगमा नेता निधिले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेविरुद्ध कांग्रेसले सदन र सडक दुबै ठाउँमा विरोध जारी राख्ने बताउनुभयो ।
लामिछानेलाई निर्दोष देखाउने प्रयास भएको उहाँको भनाइ थियो ।